logo
२०८१ फाल्गुन ३० शुक्रवार



झाडापखाला लागेर मृत्यु भएकी १८ वर्षीय युवतीमा कोरोना पुष्टि

फिचर |
प्रदेश |


झाडापखाला लागेर मृत्यु भएकी १८ वर्षीय युवतीमा कोरोना पुष्टि


दिपकप्रसाद गौतम
वीरगञ्ज, साउन २१ गते । झाडा पखाला लागेर मृत्यु भएकी पर्साको पोखरिया नगरपालिका वडा नं. ८ जगतपुरीकी १८ वर्षीय युवतीमा मृत्युपश्चात गरिएको स्बाव परीक्षणमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

झाडापखालाको कारण सिकिस्त बनेकी ती १८ वर्षीय युवतीलाई उपचारको लागि वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा ल्याउनेक्रममा बाटोमा नै मृत्यु भएको थियो । नारायणी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. मदन उपाध्यायले युवतीको स्वाब परीक्षणको मङ्गलबार राति रिपाेर्ट पोजिटिभ आएको जानकारी दिनुभयो ।

पोखरिया नगरपालिका वडा नं. ९ बार्वामा रहेको मामा घरमा बस्दैआएकी १८ वर्षीय युवतीलाई पखाला लागेर अवस्था जटिल बन्दै गई पटकपटक बान्ता भएपछि उपचारका लागि सोमबार नेशनल मेडिकल कलेज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । अस्पताल ल्याइपुर्याउँदा मृत्यु भइसकेको चिकित्सकले बताएका छन् । नेशनल मेडिकल कलेजका डा. असरफ हुसेनले अस्पतालमा ल्याउँदा नै युवतीको मृत्यु भईसकेको बताउनुभयो ।

सोमबार शव नेशनल मेडिकल कलेजमा नै राखेर स्वाब सङ्कलन गरी नारायणी अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण गर्दा मङ्गलबार राति रिपोर्ट पोजिटिभ आएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.उपाध्यायले बताउनुभयो । साउन यता पर्सामा १३ जना कोरोना सङ्क्रमितको मृत्यु भइसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?