logo
२०८१ चैत्र १ शनिवार



गण्डकीमा नयाँ ‘आरएनए अटो एक्सट्रयाक्टर’ मेसिन जडान, कोरोना रिपोर्ट एक दिनमै

फिचर |
प्रदेश |


गण्डकीमा नयाँ ‘आरएनए अटो एक्सट्रयाक्टर’ मेसिन जडान, कोरोना रिपोर्ट एक दिनमै


तारा चापागाईं दुवे
पोखरा, साउन २१ गते । पोखरामा कोरोना जाँच गर्ने मेसिन जडान भएको छ । कोरोना भाइरसको आरएनए छुट्याउन कोरोना परीक्षण भइरहेको प्रदेश क्षयरोग केन्द्रको प्रयोगशालामा ‘आरएनए अटो एक्सट्रयाक्टर मेसिन’ जडान भएसँगै परीक्षण रिपोर्ट अब एक दिनमै आउने भएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाकी निमित्त प्रमुख सपना सुवेदीले जानकारी दिनुभयो ।
चार घन्टाभन्दा बढी समय लाग्ने काम अब ३५ मिनेटमा गर्न सकिने मेसिन क्षयरोग केन्द्रमा स्थापना गरिएको उहाँले बताउनुभयो । पोखरामा कोरोना परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्षयरोग केन्द्रमा पीसीआर मेसिन जडान गरिएको र दुवै ल्याबमा गरेर दैनिक तीन सय बढी स्वाब परीक्षण हुने निर्देशक सुवेदीले जानकारी दिनुभयो । कोरोना परीक्षणका लागि प्रतिष्ठान र क्षयरोग केन्द्रमा गरि २८ प्राविधिक खटिएका उहाँले बताउनुभयो ।
चार घन्टासम्म लाग्ने काम अब ३५ मिनेटमा हुन्छ,’ उहाँले भन्नु भयो ‘यसअघि त तीन दिनमा मात्र रिपाेर्ट दिएका थियौँ । अब स्वाब रिपाेर्ट अर्को दिनमै दिन सकिन्छ। दुई वटा मेसिनमार्फत परीक्षण हुन थालेपछि अहिले ल्याबमा स्वाब पेन्डिङ नरहने प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले गण्डकीमा मङ्गलबारसम्म २५ हजार ७०९ वटा स्वाब परीक्षण भइसकेको बताउनुभयो । तीमध्ये १५ सय ४३ जनामा कोरोना पोजिटिभ छ । सङ्क्रमितमध्ये एक हजार ३५० जना निको भएर घर फर्किसकेका छन् । हालसम्म गण्डकी प्रदेशमा चार जना कोरोना भाइरस सङ्क्रमित मृत्यु भएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?