logo
२०८१ बैशाख १३ बिहीवार



पर्सामा उपचाररत एक सङ्क्रमितको मृत्यु, २१ दिनमा १३ जनाकाे मृत्यु

फिचर |
प्रदेश |


पर्सामा उपचाररत एक सङ्क्रमितको मृत्यु, २१ दिनमा  १३  जनाकाे मृत्यु


दिपकप्रसाद गौतम
वीरगञ्ज, साउन २१ गते । वीरगञ्जमा बुधबार कोरोना भाइरसको सङ्क्रमण भएर आइसोलेसनमा उपचाररत थप एक सङ्क्रमित पुरुषको मृत्यु भएको छ ।
वीरगञ्जको गण्डक बहुअरीमा रहेको वीरगञ्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचाररत वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ का ४६ वर्षीय सङ्क्रमित पुरुषको बुधबार बिहान ५ बजे मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. मदनकुमार उपाध्यायले पुष्टि गर्नुभयो ।

महुमेहका रोगी ती पुरुषमा खोकी, ज्वरोका साथै श्वासप्रश्वासमा समस्या देखिएपछि मङगलबार राति ९ बजे वीरगञ्ज हेल्थ केयर अस्थायी कोभिड अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा बुधबार बिहान ५ बजे ती सङ्क्रमित पुरुषको मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. उपाध्यायले बताउनुभयो । साउन १८ गते पीसीआर जाँचका लागि स्वाब लिइएकोमा ती पुरुषलाई कोरोना सङ्क्रमण साउन १९ गते राति पुष्टि भएको थियो ।

यसअघि सोमबार मृत्यु भएकी पर्साको पोखरीया नगरपालिका-८ की १८ वर्षीया किशोरीमा पनि मङगलबार राति सङ्क्रमण पुष्टि भएको थियो । झाडा पखाला लागेर मृत्यु भएकी युवतीमा मृत्युपश्चात गरिएको स्बाव परीक्षणमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । झाडा पखालाको कारण सिकिस्त बनेकी युवतीलाई उपचारको लागि वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको थियो । साउनयता पर्सामा १३ जना कोरोना सङ्क्रमितको मृत्यु भइसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?