logo
२०८१ मंसिर ११ मंगलवार



काठमाडौँ उपत्यकामा थप ६२ जनामा सङ्क्रमण

स्वास्थ्य |


काठमाडौँ उपत्यकामा थप ६२ जनामा सङ्क्रमण


गोरखापत्र अनलाइन
काठमाडाैँ, साउन २१ गते । काठमाडाैँ उपत्यकामा ६२ जना कोरोनाभाइरस सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा काठमाडाैँ र ललितपुरमा गरी ६२ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडाैँमा ५७ जना र ललितपुरमा पाँच जनामा सङ्क्रमणको पुष्टि भएको जानकारी दिनुभयो । उहाँका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा काठमाडाैँका २७ जनामा सङ्क्रमण्को पुष्टि भएको छ । शुक्रराज ट्रपिकल अस्पताल, टेकुमा ललितपुरका एक र काठमाडाैँका १४ जनामा सङ्क्रमणको पुष्टि भएको छ । ललितपुरस्थित पाटन अस्पतालमा काठमाडाैँको दुई तथा ललितपुरका दुईजनामा सङ्क्रमितको पुष्टि भएको छ ।
त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा एक, नेपाल प्रहरी अस्पतालमा काठमाडाैँका ११ तथा स्टार अस्पताल सानेपामा एक र बीआइडीएच ल्याबमा काठमाडाैँका एकजनामा सङ्क्रमणको पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यसअघि मङ्गलबारसमेत काठमाडाैँ उपत्यकामा ६२ जनामा सङ्क्रमणको पुष्टि भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?