logo
२०८१ फाल्गुन ३० शुक्रवार



प्रदेश २ का आन्तरिक मामिला मन्त्री यादवमा कोरोना सङ्क्रमण

फिचर |
प्रदेश |


प्रदेश २ का आन्तरिक मामिला मन्त्री यादवमा कोरोना सङ्क्रमण


दिपकप्रसाद गौतम
वीरगञ्ज, साउन २२ गते । प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवमा कोरोना सङ्क्रमण देखिएको छ । प्रदेश २ स्वास्थ्य निर्देशनालय जनकपुरका सूचना अधिकारी विजय झाले प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले साउन १९ गते दिनुभएको स्वाब जनकपुरको प्रायेगशालामा परीक्षण गर्दा बुधबार साँझ कोरोना पोजिटिभ रिपोर्ट आएको पुष्टि गर्नुभयो ।
बुधबार साँझ आएको सङ्क्रमितहरूको सूचीमा मन्त्री ज्ञानेन्द्रकुमार यादवको नाम रहेको छ प्रदेश २ स्वास्थ्य निर्देशनालय जनकपुरका सूचना अधिकारी विजय झाले गोरखापत्रसँग बताउनुभयो ।
साउन १८ गते काठमाडाैँबाट फर्किनुभएका मन्त्री यादवको साउन १९ गते पीसीआर परीक्षणको लागि स्वाबको नमूना सङ्कलन गरिएको थियो । आइतबार काठमाडौँबाट आउनुअघि देशका शीर्ष नेताहरूसँग भेटघाट गरेको, काठमाडौँमा रहँदा प्रधानमन्त्रीदेखि प्रहरी महानिरीक्षकसमेतसँग भेटघाट भएको खुलेको छ ।
मन्त्री यादव प्रधानमन्त्री निवास बालुवाटारमा सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण प्रस्ताव पारित गर्न प्रहरी समायोजनसम्बन्धी समन्वय समितिको बैठकमा सहभागी हुनुभएको बताइन्छ । उक्त बैठकमा सात वटै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीहरू, गृहमन्त्री रामबहादुर थापा (बादल), गृह सचिव, गृहमन्त्रीका सल्लाहकार, प्रहरी महानिरीक्षकसँग मन्त्री यादवले भेटघाट गर्नुभएको र काठमाडाैँ प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटघाट भएको बताइएको छ ।
मन्त्री यादवसँग सोबारे बुझ्न फोन सम्पर्क गर्दा उहाँसँग सम्पर्क हुन सकेन ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?