नवराज कट्टेल
विराटनगर, साउन २४ गते । विराटनगर महानगरपालिकामा दुई पत्रकारसहित २२ जना कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिएका छन् । शुक्रबार बेलुका आएको रिपोर्टमा विराटनगका दुईजना पत्रकारमा समेत सङ्क्रमण पुष्टि भएको हो ।
विराटनगरबाट प्रकासित हुने उद्घोष दैनिकमा कार्यरत दुई जनामा कोरोना सङ्क्रमण देखिएपछि उद्घोषका अन्य पत्रकारको पनि स्वाब संकलन गरिएको छ । पत्रकारलाई कोरोन देखिएसँगै उद्घोष दैनिकले आफ्नो प्रकासन अनिश्चितकालका लागि बन्द गरेको छ । यस अघि विराटनगरका एक अर्का पत्रकार समेत सङ्क्रमित भईसक्नुभएको छ ।
शुक्रबार राति सङ्क्रमण पुष्टि भएकाहरुमा विराटनगर–२ का ४, विराटनगर–३ का १, विराटनगर– ५ का १, विराटनगर –६ का २, विराटनगर –७ का ३ जना छन् । त्यस्तै विराटनगर–८ का १, १० का १, ११ का १, १३ का ४ र विराटनगर–१४ का १ जनामा सङ्क्रमण देखिएको छ ।
शुक्रबार दिउँसो विराटनगरमा ३३ जनामा सङ्क्रमण पुष्टि भएको थियो । शुक्रबार राति २२ जना थपिएका हुन् । नयाँसँगै विराटनगरमा सङ्क्रमित हुनेको संख्या २४५ पुगेको महानगर जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिनुभएको छ ।