logo
२०८१ जेष्ठ ५ शनिवार



पोखरामा तीनसहित गण्डकीमा २४ जनामा कोरोना

फिचर |
प्रदेश |


पोखरामा तीनसहित गण्डकीमा २४ जनामा कोरोना


तारा चापागाईं दुवे
पोखरा, साउन २४ गते । पोखराका तीन जनासहित गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको रियल टाइम पीसीआर परीक्षणमा कास्कीमा तीन जना स्याङ्जाका सात जाना, म्याग्दीका एक र बाग्लुङका १३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।
यससँगै गण्डकीमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार ६११ पुगेको छ । गत २४ घन्टामा क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको कुल ७८२ नमुना परीक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ २४ जना सङ्क्रमित थपिएको निर्देशनालयले जनाएको छ । सङ्क्रमितमध्ये बाग्लुङका सङ्क्रमितहरू महोत्तरी जिल्लाबाट आएका हुन् भने अन्य जिल्लाका व्यक्तिहरूमध्ये पोखरा महानगरपालिका १७ र बेनी-४ का भारतबाट र बाँकी व्यक्तिहरू सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएका हुन् ।
निर्देशनालयका अनुसार २४ घण्टामा क्षयरोग उपचार केन्द्र, पोखरामा कुल ७८२ नमुना परीक्षण भएको छ । जसमा गोरखा ५०, तनहुँ ५१, लमजुङ ६८, स्याङजा १८३, बाग्लुङ ६१, म्याग्दी ५५ र कास्की ३१४ नमुना परीक्षण भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गत २४ घन्टामा जम्मा २८ नमुना परीक्षण भएको छ, जसमा सबैको रिपोर्ट नेगेटिभ आएको हो ।
यसैगरी गण्डकी प्रदेशमा कोरोनको सङ्क्रमणबाट निको हुनेको सङ्ख्या एक हजार ४४३ पुगेको छ । गत २४ घन्टामै स्याङ्जाबाट ३०, म्याग्दीबाट छ, नवलपरासी बाट २० र लमजुङबाट चार जना गरी कुल ६० जना व्यक्तिहरू निको भई डिस्चार्ज भइसकेका छन् । हालसम्म गण्डकीमा एक हजार ४४३ जना डिस्चार्ज भएका छन् भने चार जनाको मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?