logo
२०८१ मंसिर ११ मंगलवार



काठमाडौँ उपत्यकामा ६२ सङ्क्रमित थपिए

फिचर |
स्वास्थ्य |


काठमाडौँ उपत्यकामा ६२ सङ्क्रमित थपिए


गोरखापत्र अनलाइन
काठमाडौँ, साउन २४ गते । काठमाडाैँ उपत्यकामा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका ६२ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा काठमाडाैँमा ५६, ललितपुर र भक्तपुरमा तीन तीन जना गरी ६२ जनामा सङ्क्रमणको पुष्टि भएको हो । काठमाडाैँ उपत्यकामा शुक्रबार अहिलेसम्मकै सबैभन्दा बढी १०६ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा सबैभन्दा बढी २९ जनामा सङ्क्रमणको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा काठमाडाैँका चार जना, पाटन अस्पताल–ललितपुरमा काठमाडाैँका पाँच जना र ललितपुरका तीन जनामा सङ्क्रमणको पुष्टि भएको छ । त्यसैगरी, वीर अस्पतालमा काठमाडाैँका एक, स्टार अस्पताल–सानेपामा काठमाडाैँका १२ जना, बीआईडीएच ल्याबमा काठमाडाैँका दुई तथा तथा नेपाल कोरिया मैत्री अस्पताल भक्तपुरमा काठमाडाैँका दुई र भक्तपुरका तीन जनामा सङ्क्रमणको पुष्टि भएको छ । त्रिवि शिक्षण अस्पताल–महाराजगञ्जमा काठमाडाैँका एक जनामा सङ्क्रमणको पुष्टि भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?