logo
२०८१ असोज १२ शनिवार



बुद्ध लुम्बिनीमा जन्मनु भएको थियाे जुन नेपालमा पर्छ : भारत

फिचर |
अन्तर्राष्ट्रिय |


बुद्ध लुम्बिनीमा जन्मनु भएको थियाे जुन नेपालमा पर्छ : भारत


गोरखापत्र समाचारदाता
काठमाडौं, साउन २५ गते । भारत सरकारले गौतम बुद्धका बारेमा भएको गलत टिप्पणी सच्याएको छ । नेपालमा जन्मिएको बुद्धका बारेमा अनर्गल बोलिएको भन्दै नेपाल लगायत बौद्ध धर्मावलम्बीले समेत विरोध जनाए लगत्तै भारतले आफ्नो टिप्पणी सच्याएको हो । भारतका विदेश मन्त्री एस जयशंकरले शनिबार एक भर्चुअल कार्यक्रममा दिनुभएको गलत टिप्पणीलाई सरकारका तर्फबाट भारतीय विदेश मन्त्रालयले सच्याउनु परेको हो ।
साझा बौद्ध बिरासतसँग जोडिएको गौतमबुद्धको बारेमा त्यस सम्मेलनमा कुरा भएको मन्त्रालयले प्रष्ट पारेको छ । “ बुद्ध लुम्बिनीमा जन्मनु भएको थियो भन्ने बारेमा कुनै शंका छैन्, जुन नेपालमा पर्छ,” मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले जारी गर्नुभएको वक्तव्यमा भनिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?