logo
२०८१ चैत्र १ शनिवार



बाढीले घर बगाउँदा ६५ वर्षीया महिला बेपत्ता

फिचर |
प्रदेश |


बाढीले घर बगाउँदा ६५ वर्षीया महिला बेपत्ता
क्याप्सनः आइतबार राती बूढीगङ्गा नदिमा आएको बाढीले बगाएको बडिमालिका नगरपालिका ३ घाँगर बस्ती ।


शेरबहादुर सार्की
बाजुरा , साउन २६ गते । बाजुराको बडीमालिका नगरपालिकामा –२, घाँगरमा बाढीले घर बगाउँदा एक महिला बेपत्ता भएकी छन् ।  आइतबार राति परेको अविरल वर्षासँगै बुढीगङ्गा नदीमा आएको बाढीले ६५ वर्षीय औशीदेवी महत बेपत्ता हुनुभएकाे हाे ।
उनी राती सुतिरहेको बेला बूढीगङ्गा नदीमा आएको बाढीले घर बगाएपछि बेपत्ता भएकी जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । गाउँमा पसेको बाढीले कुटानी पिसानी मिल तथा तरकारी सङ्कलन केन्द्रसमेत बगाएपछि भौतिक रुपमा ठूलो क्षति भएको जिल्ला प्रहरी कार्यालय, बाजुराका सूचना अधिकारी लोकेन्द्रसिंह ठगुन्नाले बताउनुभयो ।
उहाँले भन्नुभयो, साँफेमार्तडी राजमार्गअन्तर्गत पर्ने बडीमालिका नगरपालिका वडा नं ४ र ६ बीच मा रहेको बेली ब्रिज र राप्काबाट घाँगरमा जाने झोलुङ्गे पुल पनि बगाएको छ ।
त्यसै गरी हिजो राति गौमुलमा गाउँपालिका-२, तल्लो दुगुनस्थित सिममा पनि नाै घर पुरिएका छन् ।
वर्षासँगै गाउँमाथिबाट आएको पहिरो गाउँमा पसेपछि मानिसको भागाभाग भएको सूचना अधिकारी ठगुन्नाले बताउनुभयो । उहाँले भन्नुभयो, 'गाउँमा पहिरो पसे पनि त्यहाँ मानवीय क्षति भने भएको छैन ।' 
वडा नं १ र २ को भौनेरा, घाँगर-३ को मुसीगाउँ, सेरी, घोगाली-४ को तिपाडा, बेलेना-५ को सल्लेरीवाडा-६ जडागा, ७ को जिल्ली, सिराडी, चुथी, ८ र ९ को बाउली गडखेतका बस्ती बाढी पहिरोका उच्च जोखिममा परेका छन् ।
बर्खाको समय यी बस्ती बाढीपहिरोको उच्च जोखिममा रहेको हुनाले त्याहाँका स्थानीयहरूलाई सजग रहनका लागि त्रिपालको व्यवस्था गर्दै अन्य सुरक्षित ठाउँमा बसाल्दै आएको नगरप्रमुख पदम बडुवालले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?