गोरखापत्र अनलाइन
काठमाडौँ, साउन २८ गते । कोरोनाभाइरस सङ्क्रमणबाट जनकपुरधामका थप एक जनाको पाटन अस्पतालमा मृत्यु भएको छ । पाटन अस्पतालमा गत साउन १८ गते भर्ना हुनुभएकी ३८ वर्षीया महिलाको राति एक बजे निधन भएको हो । पाटन अस्पतालका निर्देशक डा. विष्णुप्रसाद शर्माका अनुसार ‘मिनिग्रो इन्सेफलाइटिस’बाट पीडित महिलाको आईसीयूमा उपचारकै क्रममा निधन भएको हो ।
साउन १८ गते उहाँलाई अल्का अस्पतालबाट पाटन अस्पतालमा रेफर गरिएको थियो । निर्देशक शर्माले अस्पताल भर्ना गर्ने क्रममा परीक्षण गर्दा उहाँमा सङ्क्रमणको पुष्टि भएको जानकारी दिनुभयो । यसअघि जनकपुरधामकै समाजसेवी एवम् होटेल रामाका सञ्चालक कृष्ण गिरीको कोरोना सङ्क्रमणबाट मेडिसिटी अस्पताल, ललितपुरमा गएराति निधन भएको छ