logo
२०८१ मंसिर ११ मंगलवार



काठमाडौँ उपत्यकामा १३८ जनामा काेराेना सङ्क्रमण पुष्टि

स्वास्थ्य |
फिचर |


काठमाडौँ उपत्यकामा १३८ जनामा काेराेना सङ्क्रमण पुष्टि


गोरखापत्र अनलाइन
काठमाडौँ, साउन २८ गते । काठमाडाैँ उपत्यकामा पछिल्लो चौबीस घण्टामा १३८ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा गरिएको परीक्षणको नतिजाबमोजिम काठमाडाैँ उपत्यकामा १३८ जना नयाँ सङ्क्रमित थपिएका हुन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङको क्रममा काठमाडाैँ उपत्यकाको तीन जिल्लामध्ये काठमाडाैँमा १०९ जना, ललितपुरमा २१ जना र भक्तपुरमा आठ जनामा सङ्क्रमणको पुष्टि भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा काठमाडाैँका दश जनामा सङ्क्रमणको पुष्टि भएको छ । शुक्रराज ट्रपिकल अस्पतालमा काठमाडाैँका २९ जना र भक्तपुरका एकमा सङ्क्रमित फेला परेका छन् ।
मन्त्रालयका प्रवक्ता डा. गौतमले त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा काठमाडाैँका ११ जना र ललितपुर तथा भक्तपुरका एक/एक जना तथा पाटन अस्पताल, ललितपुरमा काठमाडाैँका ११ जना, ललितपुरका १४ जना तथा भक्तपुरका एकमा सङ्क्रमणको पुष्टि भएको बताउनुभयो । स्टार अस्पताल, सानेपामा काठमाडाैँका नौ जना, ललितपुरका दुई तथा भक्तपुरका एक तथा बीआईडीएच ल्याबमा काठमाडाैँका पाँच र ललितपुरका दुईजना सङ्क्रमित पुष्टि भएका हुन् । नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा काठमाडाैँका २२, ललितपुरका दुई र भक्तपुरका एक तथा हयाम्स अस्पतालमा काठमाडाैँका आठ र भक्तपुरका दुई जना सङ्क्रमित पुष्टि भएको छ ।
वीर अस्पताल–काठमाडाैँमा काठमाडाैँका दुई र भक्तपुरका दुई तथा वीरेन्द्र अस्पतालमा काठमाडाैँका दुई गरी कुल १३८ जना सङ्क्रमित पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?