ठाकुरप्रसाद आचार्य
बेनी, साउन ३१ गते । शुक्रबार राति परेको अविरल वर्षासँगै म्याग्दीको सदरमुकाम बेनीको मङ्गलाघाटमा बाढी आउँदा १० घरमा क्षति पुगेको छ । महारानीथान नजिकबाट खसेको बाढीसहितको पहिरो मङ्गलाघाट बजारमा पसेको हो । पहिरोले बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठलगायत १० जनाको घरमा क्षति पुगेको वडा नम्बर ७ का अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । क्षतिको विवरण सङ्कलन भइरहेको उहाँले बताउनुभयो ।
बेनी पाखापानी सडकमा जम्मा भएको पानीले बाढी र पहिरोको रुप लिएको उहाँले बताउनुभयो ।