logo
२०८१ मंसिर ११ मंगलवार



पर्सामा उपचारत ३६ सङ्क्रमित कोरोना सङ्क्रमणमुक्त भई डिस्चार्ज

फिचर |
स्वास्थ्य |


पर्सामा उपचारत ३६ सङ्क्रमित कोरोना सङ्क्रमणमुक्त भई डिस्चार्ज



दिपकप्रसाद गौतम
वीरगञ्ज, साउन ३१ गते । कोरोना भाइरसको सङ्क्रमण पुष्टि भई पर्साको वीरगञ्जमा उपचाररत ३६ जना सङ्क्रमित कोरोना सङ्क्रमण मुक्त भई शुक्रबार साँझ डिस्चार्ज भएका छन् ।
वीरगञ्जको नारायणी अस्पतालअन्तर्गतको गण्डक अस्थायी कोभिड अस्पतालमा उपचाररत आठ जना र वीरगञ्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमा उपचाररत २८ जना गरी ३६ सङ्क्रमित कोरोना सङ्क्रमणमुक्त भई डिस्चार्ज भएको गण्डक अस्थायी कोभिड अस्पतालका कोअर्डिनेटर डा. उदयनारायण सिंहले जानकारी दिनुभयो । गण्डक अस्थायी कोभिड अस्पतालबाट आठ जना पुरुष र वीरगञ्ज हेल्थकेयर अस्पतालबाट दुई वर्षीया बालिका र छ महिलासहित २८ जना गरी ३६ जना कोरोना जितेर सङ्क्रमणमुक्त भई डिस्चार्ज भएको डा. सिंहले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय, पर्साले उपलब्ध गराएको तथ्याङ्कअनुसार शुक्रबार साँझसम्म पर्सा जिल्लामा एक हजार १६८ जनामा कोरोना सङ्क्रमित पुष्टि भएको छ । जसमा १९ जना भारतीय नागरिक, ८२ जना स्वास्थ्यकर्मी, ५७ सुरक्षाकर्मी, चार जना पत्रकार, ८३ कैदी थुनुवा, दुई जना एम्बुलेन्स चालक र २८ जना अस्पताल सरसफाइ कर्मचारीसमेत रहेका छन् ।

हालसम्म पर्सामा पीसीआर परीक्षणको लागि १५ हजार ४४ जनाको स्वाब सङ्कलन गरिएको र ८६८ स्वाबको परीक्षण रिपाेर्ट आउन बाँकी रहेको छ । यहाँ २६ सङ्क्रमितको मृत्यु भइसकेको छ जसमा पर्साका १९, बाराका पाँच, रौतहटका एक जना रहेका छन् । वीरगञ्जमा फेला परेको एक बेवारिसे शवको हालसम्म पहिचान हुन नसकेको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?