logo
२०८१ चैत्र २ आईतवार



पोखरामा ११ सहित गण्डकीमा थप १८ जनामा कोरोना सङ्क्रमण

फिचर |
प्रदेश |


पोखरामा ११ सहित गण्डकीमा थप १८ जनामा कोरोना सङ्क्रमण



तारा चापागाईं दुवे
पोखरा, साउन ३१ गते । पोखरा महानगरपालिकामा शनिबार ११ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पोखरा महानगरपालिकाको वडा नं १, ५, ८, १४, १०, २७,१७ गरी सात वटा वडामा ११ सङ्क्रमित भेटिएका हुन् ।

स्वास्थ्य निर्देशनालय गण्डकीले शनिबार बिहान दिएको जानकारी अनुसार सबै सङ्क्रमित पुरुष रहेका छन् । स्वास्थ्य निर्देशनालयका अनुसार शनिबार गणडकी प्रदेशमा योसहित १८ जना थपिएका छन् । तनहुँका दुई जना, बागलुङका दुई जना, गोरखा, स्याङजा र नवलपुरका एक/एक जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।

सङ्क्रमणलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार सात सय पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?