गोरखापत्र अनलाइन
काठमाडौँ, साउन ३१ गते । काठमाडाैँ उपत्यकामा कोरोनाभाइरसका ९८ जना सङ्क्रमित थपिएका छन् । यो पछिल्लो पाँच दिनमा सबैभन्दा कम सङ्क्रमित हो । यसअघि लगातार पाँच दिनसम्म काठमाडाैँ उपत्यकामा एक सय जनाभन्दा बढी सङ्क्रमित फेला पर्दै आएकोमा शनिबार ९८ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा काठमाडाैँमा ८०, ललितपुर र भक्तपुरमा नौ/नौ जना गरी उपत्यकामा ९८ जना सङ्क्रमित थपिएका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले टेकु अस्पताल र नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा सामान २४ जना सङ्क्रमितको पुष्टि भएको बताउनुभयो ।
नेपाल कोरिया मैत्री अस्पतालमा गरिएको परीक्षणमा काठमाडाैँका चार र भक्तपुरका आठ, विरेन्द्र अस्पतालमा काठमाडाैँका तीन, सूर्या प्रयोगशाला–लाजिम्पाटमा काठमाडाैँका दुई र स्टार अस्पताल सानेपामा काठमाडाैँका दश तथा ललितपुरका सात जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार बीआईडीएच ल्याबमा काठमाडाैँका दश र ललितपुरका एक, वीर अस्पतालमा काठमाडाैँका तीन र भक्तपुरका एक तथा बी एण्ड बी अस्पतालमा ललितपुरका एकमा सङ्क्रमणको पुष्टि भएको हो ।