गोरखापत्र अनलाइन
काठमाडाैँ, साउन ३२ । काठमाडाैँ उपत्यकामा कोरोनाभाइरसका १७२ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा काठमाडाैँ उपत्यकाका तीन जिल्लामा १७२ जना नयाँ सङ्क्रमितको पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङको क्रममा काठमाडाैँमा १२६, ललितपुरमा ३८ र भक्तपुरमा आठ जना नयाँ सङ्क्रमित पुष्टि भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा काठमाडाैँका २९ र भक्तपुरका तीन जना, सशस्त्र प्रहरी बल अस्पतालमा काठमाडाैँका तीन जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला–टेकुमा काठमाडाैँका २९ तथा भक्तपुरका तीन, बीआइडीएच ल्याबमा काठमाडाैँका छ र ललितपुरका एक, बी एन बी अस्पतालमा ललितपुरका एक र हयाम्स अस्पतालमा काठमाडाैँका १९ तथा ललितपुर र भक्तपुरका एक एक जनामा सङ्क्रमणको पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार नेपाल कोरिया मैत्री अस्पतालमा काठमाडाैँका चार, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काठमाडाैँका नौ, ललितपुरका २७ र भक्तपुरका एक, स्टार अस्पताल–सानेपामा काठमाडाैँका नौ, ललितपुरका छ र भक्तपुरका दुई जनामा सङ्क्रमणको पुष्टि भएको छ । सूर्या ल्याब–लाजिम्पाटमा काठमाडाैँका छ जनामा सङ्क्रमणको पुष्टि भएको छ । त्यसैगरी, शुक्रराज ट्रपिकल अस्पताल–टेकुमा काठमाडाैँका २४, ललितपुरका दुई र भक्तपुरका एकमा सङ्क्रमण फेला परेको हो ।