logo
२०८१ चैत्र २ आईतवार



भीडभाड बढेपछि जुम्लामा अनिश्चितकालीन निषेधाज्ञा

फिचर |
प्रदेश |


भीडभाड बढेपछि जुम्लामा अनिश्चितकालीन निषेधाज्ञा


नेत्र शाही
जुम्ला (खलङ्गा), भदौ १ गते । जुम्लामा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाले नगरपालिकासहित स्थानीय तहहरूमा निषेधाज्ञा जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जारी गर्नुभएको निषेधाज्ञामा गएराति १२ बजेबाट अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको जानकारी गराइएको छ । स्थानीय प्रशासनले सङ्क्रामक रोग ऐन २०२० को २(२) र स्थानीय प्रशासन ऐन २०२८ को ६ (३) बमोजिम निषेधाज्ञा जारी गरेको जानकारी गराएको छ । स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञामा विभिन्न स्थानमा स्वाब सङ्कलन गर्दा समुदायमा कोरोना फैलिनबाट रोक्न, सङ्क्रमण हुन नदिन निषेधाज्ञा जारी गरिएको हो ।

ती स्थानहरूमा कुनैपनि भेला नगर्नसमेत निर्देशन गरिएको छ । तीज नजिकिँदै गर्दा विभिन्न स्थानहरूमा दिउँसो पार्टीहरू र भेलाहरू हुने, गाउँमा धार्मिक मेला र राजनीतिक भेलाले जोखिम बढेको प्रमुख जिल्ला अधिकारी थापाले विपत् व्यवस्थापन समितिको बैठकमा समेत जानकारी गराउनुभयो ।

कोरोनाको रोकथामका लागि खोजी कार्य गर्नुपर्ने, पीसीआर परीक्षणको दायरा बढाउनुपर्नेदेखि भीडभाड कम गर्ने अभियानको भेला भीडभाड बढाउने कामले तिजमा झन प्रभावित हुने भएकाले निषेधाज्ञा गरिएको कोभिड कमाण्ड व्यस्थापन समितिले जनाएको छ ।

स्थानीय प्रशासन र स्थानीय तहले पटकपटक सूचना जारी गर्दै धार्मिक मेला र भिडभाड नगर्न निर्देशन गरेपनि विभिन्न स्थानमा भेला भइरहेका दृश्यहरू देखिन्छन् । भौतिक दुरी कायम गर्नुपर्ने अवस्थामा यसले थप जोखिम हुने भएकाले बन्द गर्न पुनः निर्देशनसमेत दिइएको हो ।
निषेधाज्ञापछि बजार, उद्योग, यातायात बन्द भएपछि जुम्ला बजार सुनसान भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?