logo
२०८२ भाद्र २० शुक्रवार



इलाममा क्वारेन्टाइनमा बसेका पुरुषको मृत्यु

फिचर |


इलाममा क्वारेन्टाइनमा बसेका पुरुषको मृत्यु


प्रेम अधिकारी
पशुपतिनगर (इलाम), भदौ १ गते । इलामको सूर्योदय नगरपालिकाको करफोक क्वारेन्टाइनमा बसेका २२ वर्षीय पुरुषको मृत्यु भएको छ । भारतको हैदराबादबाट आई गत २६ गतेदेखि क्वारेन्टाइनमा बस्दैआउनुभएका सूर्योदय नगरपालिका-९ घर भएका ती पुरुषको आइतबार राति मृत्यु भएको हो ।
स्वास्थ्यमा समस्या भएपछि आइतबार बिहान १० बजेदेखि सूर्योदय नगरपालिकाका स्वास्थ्यकर्मीको टोलीले उहाँको उपचार गरेकाे थियाे । राति ११ बजे उपचारकै क्रममा उहाँको मृत्यु भएको सूर्योदय नगरपालिका वडा नं. १० का वडाध्यक्ष पेमा उगेन लामाले जानकारी दिनुभयो ।
गत २९ गते स्वाब सङ्कलन गरी मेची अञ्चल अस्पताल झापा पठाइए पनि उहाँको रिपाेर्ट भने आउन बाँकी रहेको स्वास्थ्य कार्यालय, इलामका कोरोना फोकल पर्सन विमल बरालले जानकारी दिनुभयो ।
फोकल पर्सन बरालका अनुसार ती युवामा छाती दुख्ने, ज्वरो आउने र स्वास फेर्न समस्या भएको थियो । उहाँका अनुसार कोरोनाले अथवा अन्य कारणले मृत्यु भएको पुष्टि भने रिपाेर्ट आएपछि मात्र थाहा हुने जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?