गोरखापत्र अनलाइन
काठमाडौँ, भदौ १ गते । केही दिन यता काठमाडौँमा कोरोनाभाइरसको सङ्क्रमण बढेको छ । काठमाडौँ उपत्यकामा दैनिक सयौँको सङ्ख्यामा सङ्क्रमित थपिन थालेपछि परीक्षण गराउनेको सङ्ख्यासमेत वृद्धि हुँदैगएको छ ।
यतिबेला टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना परीक्षण गराउने मानिसको भीड देख्न सकिन्छ ।
तस्बिर: सुजन गुरूङ्ग/गोरखापत्र