logo
२०८१ चैत्र २ आईतवार



कोशीमा थप एक जना सङ्क्रमितको मृत्यु

फिचर |
प्रदेश |


कोशीमा थप एक जना सङ्क्रमितको  मृत्यु
फाइल तस्बिर


नवराज कट्टेल
विराटनगर, भदौ १ गते । कोशी अस्पताल विराटनगरको आइसोलेसन वार्डमा कोरोना सङ्क्रमण पुष्टि भएका एक जना पुरुषको मृत्यु भएको छ । विराटनगर–८, मधुमारा निवासी ४७ वर्षीय पुरुषको उपचारका क्रममा सोमबार साँझ मृत्यु भएको हो । मोरङ कटहरी गाउँपालिका–१ स्थायी ठेगाना भएका मृतकलाई ज्वरो, खोकी र श्वासप्रश्वास समस्या भएपछि आइतबार बेलुका अस्पताल भर्ना गरिएको थियो । आइसोलेसन वार्डमा भर्ना गरेर स्वाब सङ्कलन गरी परीक्षण गर्दा सोमबार बिहान कोरोना भाइरस (कोभिड–१९) पोजिटिभ देखिएको अस्पतालका सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिनुभयो ।
कोशीको आइसोलेसनबाट थप उपचारका लागि सोमबार साँझ कोशी कोभिड–१९ उपचार केन्द्रमा पठाउने तयारी भइरहेको बेला सङ्क्रमितको मृत्यु भएको मेसु दासले जानकारी दिनुभयो ।
कोशीको आइसोलेसनमा यसअघि सात जना सङ्क्रमितको मृत्यु भइसकेको छ । मोरङमा मात्रै ११ जनाको मृत्यु भइसकेको छ ।
विराटनगर-९ का दुइ जना, १०, १५, ३, २, ५ वडाका एक–एक जना र मोरङ रङ्गेलीका एक, सुनवर्षी, बुढीगङ्गा गाउँपालिकालका एक जनाको मृत्यु भइसकेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?