logo
२०८१ चैत्र २ आईतवार



विषालु च्याउ खाँदा एकै परिवारका दुईको मृत्यु, परिवारका सबै बिरामी

फिचर |
प्रदेश |


विषालु च्याउ खाँदा एकै परिवारका दुईको मृत्यु, परिवारका सबै बिरामी


सुजल श्रेष्ठ
प्यूठान, भदौ २ गते । जिल्लाको नौबहिनी गाउँपालिका–६ ढाँडखोलामा जङ्गलको च्याउ खाँदा एकै परिवारका दुई सदस्यको मृत्यु भएको छ । च्याउ खाएर पखाला लागेपछि विष्णु घर्तीका छोरा १५ वर्षीय सुरेश घर्ती र १३ वर्षीय सुगम घर्तीको ज्यान गएको प्रहरीले जनाएको छ ।
साउन ३१ गते साँझ जङ्गलबाट टिपेर ल्याएको च्याउ परिवारका सबै सदस्यले खाएपछि सबैलाई पखाला लागेको थियो । घरमै उपचार गराइरहेका उनीहरूमध्ये दुई छोराको सोमबार राति उपचारका लागि प्यूठान अस्पताल ल्याउने क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
च्याउ खाएर बिरामी भएका बुवा ३३ वर्षीय विष्णु घर्ती, उहाँकी श्रीमती ३० वर्षीय लीला घर्ती र छोरा १७ वर्षीय शशी घर्तीको अस्पतालमा उपचार भइरहेको छ ।
नौबाहिनी गाउँपालिका स्वास्थ्य शाखा उपप्रमुख गोविन्द केसीले च्याउ खाएकै दिनदेखि झाडापखाला लागेको बुझ्नमा आएको जानकारी दिनुभयो । “च्याउ खाएकै साँझबाट बिरामी परेका रहेछन्” उहाँले भन्नुभयो, “बाँकी पोष्टमार्टमबाट थाहा हुन्छ ।”
जङ्गलबाट टिपेर ल्याएको च्याउ खाएकै साँझबाट परिवारका सबै सदस्य बिरामी परेका थिए । च्याउ खाएपछि उनीहरूलाई पखाला लागेको भएपनि बाहिर खबर नगरेको स्थानीयले बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?