logo
२०८१ चैत्र ३ सोमवार



काभ्रेका ९८ वर्षीय मृतककाे परिवारका सात जनामा सङ्क्रमण

फिचर |
प्रदेश |


काभ्रेका ९८ वर्षीय मृतककाे परिवारका सात जनामा सङ्क्रमण


मधुसुधन तिमल्सिना
काभ्रे, भदौ २ गते । धुलिखेल नगरपालिकामा एकै परिवारका दश जनामा कोरोना पुष्टि भएको छ । मङ्गलबार बिहान धुलिखेल अस्पतालमा कोरोनाका कारण मृत्यु भएका ९८ वर्षीय ज्येष्ठ नागरिककाे परिवारका थप सात जनामा कोरोना पुष्टि भएसँगै सङक्रमितको सङ्ख्या दश पुगेको हो ।
साउन २६ गते ती पुरुषलाई कोरोना देखिएपछि उपचारका लागि धुलिखेल अस्पतालमा भर्ना गरिएको थियो । त्यसपछि परिवारको स्वाब सङ्कलन गरी गरिएको परीक्षणका क्रममा साउन ३१ गते छोरा, बुहारीमा कोरोना पोजिटिभ देखिएको थियो । बाँकी थप सात जनाको मङ्गलबार पोजिटिभ देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
मृतकको सम्पर्कमा रहेका उहाँका छोरा, बुहारीलगायत नौ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य अधिकृत डा. नरेन्द्रकुमार झाले जानकारी दिनुभयो । उहाँका अनुसार मङ्गलबार मात्र १३ जनामा सङक्रमण पुष्टि भएको छ । जसमा धुलिखेल अस्पतालमा कार्यरत छ कर्मचारीमा पनि कोरोना पुष्टि भएको छ । जिल्लामा सङक्रमितको सङ्ख्या ९३ जना पुगेको छ । जसमा दुई जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?