राममणि दाहाल
हेटौँडा, भदौ ३ गते । मकवानपुरमा पहिलो पटक कोरोना भाइरस सङ्क्रमण भएर एक वृद्धको मृत्यु भएको छ । गए राति मृत्यु भएका हेटौँडा उपमहानगरपालिका १ का एक वृद्धमा बुधबार कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, हेटौँडामा रहेको प्रादेशिक कोरोना प्रयोगशालामा स्वाबको पीसीआर परीक्षण गर्दा ६१ वर्षीय कोरोना सङ्क्रमण पुष्टि भएको हेटौँडा –४ स्थित आइसोलेसन कक्षका इञ्चार्ज भोला चौलागाईले जानकारी दिनुभयो । स्वास्थ्य समस्या भएर थप उपचारका लागि काठमाडौँ गर्नु पूर्व पीसीआर परीक्षण गरिएका मृतक वृद्धमा कसरी कोरोना सङ्क्रमण भयो भन्ने अझै खुल्न सकेको छैन ।
मिर्गौला, उच्च रक्तचापलगायतका दीर्घ रोग भएका वृद्धको थप उपचारका लागि काठमाडौँ लैजानु पूर्व परीक्षण गर्दा कोरोना पुष्टि भएको हेटौँडा उपमहानगरपालिका १ का अध्यक्ष सविन न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाली सेनासँगको समन्वयमा वृद्धको अन्तिम संस्कार गरिने छ ।