logo
२०८१ चैत्र ३ सोमवार



हेटौँडाका पछिल्लो २४ घण्टामा मृत्यु भएका दुई जनामा कोरोना पुष्टि

फिचर |
प्रदेश |


हेटौँडाका पछिल्लो २४ घण्टामा मृत्यु भएका दुई जनामा कोरोना पुष्टि


शिवकुमार काशी
हेटौँडा, भदौ ३ गते । हेटौँडा उपमहानगरपालिकाभित्र पछिल्लो २४ घण्टामा मृत्यु भएका दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । हेटौँडा उपमहानगरपालिका वडा नं १ चौकीटोलका एक पुरुष र हेटौँडा उपमहानगरपालिका वडा नं १९ मा एक महिलाको पछिल्लो २४ घण्टायता मृत्यु भएको हो । मृत्युपश्चात सार्वजनिक भएको स्वाब परीक्षण नतिजामा दुवैमा कोरोना पुष्टि भएकाे छ ।
हेटौँडा १ का ६१ वर्षीय पुरुषकाे मङ्गलबार राति निधन भएको थियो । उहाँ मृगौला, उच्च रक्तचाप लगायत दीर्घरोगीका रुपमा उपचाररत हुनुहुन्थ्याे । मृत्युअघि नै स्वाब सङ्कलन गरिएपनि परीक्षणको क्रममै रहेका बेला उहाँको मृत्यु भएपछि सार्वजनिक परीक्षण नतिजामा कोरोना सङ्क्रमण देखिएका हेटौँडा-४ स्थित आइसोलेसन वार्डका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले जानकारी दिनुभयो ।
यता तीन महिनादेखि कलेजोको क्यान्सरबाट पीडित भई चितवनस्थित मेडिकल कलेजमा उपचारका लागि लगिएकी हेटौँडा उपमहानगरपालिका वडा नं १९ सान्ननटारकी ६२ वर्षीया महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनुअघि निकालिएको स्वाब परीक्षण नतीजा पोजिटिभ आएको जानकारी मेडिकल कलेजले दिएको हेटौँडा उपमहानगरपालिका १९ नं वडाध्यक्ष नवराज सुवेदीले बताउनुभयो । मङ्गलबार बिहान ७ बजेतिर मृत्यु भएकी उहाँको दिउँसो परम्परा अनुसार सद्गद् गरिएको थियो । शवको सद्गद् गरिसकेपछि बुधबार बिहान मात्रै मेडिकल कलेजले स्वाब परीक्षणमा कोरोना भेटिएको जानकारी गराएपछि समाजमा त्रास फैलिएको वडाध्यक्ष सुवेदीले बताउनुभयो । आवश्यक सचेतता र पूर्ण सुरक्षा सतर्कताबारे वडा कार्यालयले मृतकको गाउँटोलमा सहजीकरण गरिरहेको उहाँले जानकारी दिनुभयाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?