गोरखापत्र अनलाइन
काठमाडाैँ, भदौ ३ गते । काठमाडाैँ उपत्यकामा १५९ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो चौबीस घण्टामा काठमाडाैँ उपत्यकाको तीन जिल्लामा १५९ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङको क्रममा काठमाडाैँमा १३४, ललितपुरमा १७ र भक्तपुरमा आठ गरी पछिल्लो चौबीस घण्टामा १५९ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ । मन्त्रालयका अनुसार काठमाडाैँमा ४५ महिला र ८९ पुरुष, ललितपुरमा सात महिला र १० पुरुष तथा भक्तपुरमा दुई महिला र छ पुरुषमा सङ्क्रमण फेला परेको हो । काठमाडाैँ उपत्यकाको तीन वटै जिल्लामा गरी ५४ महिला र ९५ पुरुष सङ्क्रमित फेला परेका हुन् ।