logo
२०८१ मंसिर १३ बिहीवार



एकै दिन दुई सुत्केरी र एक शिशुको हेलिकप्टरमार्फत उद्धार

फिचर |
समाज |


एकै दिन दुई सुत्केरी र एक शिशुको हेलिकप्टरमार्फत उद्धार
 हेलिकप्टरबाट सुत्केरीको उद्धार गरिँदै



सन्तोष राउत
सोलुखुम्बु, भदौ ३ गते । सोलुखुम्बुबाट जटिल स्वास्थ्य अवस्था भएका दुई सुत्केरी महिला र एक शिशुको हेलिकप्टरमार्फत् उद्धार गरिएको छ । खुम्बु पासाङल्हमू गाउँपालिका–१ की सुत्केरी महिला कामिनी तामाङ र नेचासल्यान गाउँपालिका–१ सल्यानकी सुत्केरी महिला मनिषा तामाङको हेलिकप्टरमार्फत उद्धार गरी काठमाडाैँ पठाइएको हो ।
प्राथमिक स्वास्थ्य केन्द्र सल्यानमा सुत्केरी भएकी मनिसाको बच्चाका लागि आईसियु आवश्यक परेकाले काठमाडाैँ रेफर गरिएको प्राथमिक स्वास्थ्य केन्द्र सल्यानका प्रमुख डाक्टर अभिषेक सुमनले जानकारी दिनुभयो ।
त्यस्तै, खुम्बु पासाङल्हामु गाउँपालिकामा सञ्चालित पासाङल्हामु निकोलनिकी अस्पताल लुक्लामा सुत्केरी गराउने क्रममा सालनाल अड्किएपछि आएको समस्या समाधानका लागि कामिनी तामाङलाई उद्धार गरिएको हो ।
राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हेलिकप्टरमार्फत् उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ । यसैबीच, गएको आर्थिक बर्ष २०७६/७७ र चालु आर्थिक वर्षमा गरी राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सोलुखुम्बुकमा नौ जना गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरिएको छ । सरकारले दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूका लागि लक्षित गरी २०७५ सालबाट सुरु गरेको कार्यक्रम गर्भवती तथा सुत्केरी महिलाहरूको उद्धारमा सोलुखुम्बुमा पनि प्रभावकारी देखिएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी शाहीले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?