logo
२०८१ चैत्र ३ सोमवार



वीरगञ्जमा थप एक जना कोरोना सङ्क्रमित महिलाको मृत्यु

फिचर |
प्रदेश |


वीरगञ्जमा थप एक जना कोरोना सङ्क्रमित महिलाको मृत्यु



दिपकप्रसाद गौतम
वीरगञ्ज, भदौ ३ गते । वीरगञ्जमा कोरोना भाइरसको सङ्क्रमणको कारण बुधबार थप एक जना महिलाको मृत्यु भएको छ । वीरगञ्ज हेल्थकेयर अस्थायी कोभिड अस्पताल वीरगञ्जमा उपचाररत वीरगञ्ज महानगरपालिकाको रेशमकोठी निवासी ४० वर्षीया सङ्क्रमित महिलाको बुधबार उपचारको क्रममा मृत्यु भएको वीरगञ्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालका चिकित्सक डा. दीपक कुशवाहले पुष्टि गर्नुभयो ।

मङ्गलबार कोरोना सङ्क्रमण पुष्टि भएर मङ्गलबार राति ८ बजे वीरगञ्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमा भर्ना भई उपचाररत महिलाको बुधबार साँझ सबा ४ बजे मृत्यु भएको डा. कुशवाहले जानकारी दिनुभयो ।

मधुमेह र निमोनिया रोगले ग्रसित भई वीरगञ्जको अलिअर्थो ट्रमा सेन्टरमा विगत चार दिनदेखि उपचाररत ती महिलामा कोरोना सङ्क्रमण पुष्टि भएपछि मङ्गलबार राति ८ बजे अस्थायी कोभिड अस्पतालमा भर्ना गरी उपचार सुरु गरिएको थियो ।

निमोनियाले दुवै फोक्सोमा क्षति पुर्याइसकेको रहेछ र मधुमेह पनि नियन्त्रणभन्दा बाहिर रहेछ । ज्वरो खासै थिएन, तैपनि हामीले बचाउन सकेनौँ । साँझ सवा ४ बजे मृत घोषणा गर्यौँ ’ डा. कुशवाहले गोरखापत्र सहकर्मीसँग बताउनुभयो ।

यसअघि मङ्गलबार वीरगञ्जमा थप दुई जना सङ्क्रमितको मृत्यु भएको थियो भने बुधबार थप एक सङ्क्रमित महिलाको मृत्यु भएको हो । बुधबार मृत्यु भएकी महिलासँगै पर्सामा कोरोना सङ्क्रमणको कारण मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको छ । पर्सा जिल्लाका २३ जना, बाराका पाँच जना र रौतहटका दुई जना र जेठ ३१ गते वीरगञ्जको घण्टाघर छेउमा बेवारिसे अवस्थामा मृत फेला परेर पहिचान खुल्न नसकेका एक सङ्क्रमित युवक रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?