logo
२०८१ चैत्र ३ सोमवार



रौतहटमा स्थानीय मन्दिरका पुजारीको गोली हानी हत्या

फिचर |
प्रदेश |


रौतहटमा स्थानीय मन्दिरका पुजारीको गोली हानी हत्या


कृष्ण तिवारी

रौतहट, भदौ ४ गते । रौतहटमा एक मन्दिरको पुजारीको गोली हानी हत्या गरिएको छ । बुधवार राति सबा ९ बजे जिल्लाको माधवनारायण नगरपालिका वडा नं २ खेसारहिया हनुमान मन्दिरका पुजारी श्रीराम साहको कन्चटमा गोली हानी हत्या गरिएको छ ।

अज्ञात व्यक्तिको समुहले मन्दिर परिसरमा खाना खाइरहेको अवस्थामा पुजारी साहलाई गोली हानी फरार भएको प्रहरीले जनाएको छ । गोली प्रहारबाट पुजारी साहको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरीक्षक ज्ञान कुमार महतोले बताउनुभएको छ ।

गोली प्रहार गर्ने समुहको पहिचान नभएको र उनिहरु फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरी नायव उपरीक्षक महतोले बताउनुभयो । गोली कस्ले र किन चलाएको भन्ने कुरा अनुसन्धानपछि मात्रै खुल्ने उहाँले बताउनुभयो ।

लास पोष्टमार्टमका लागि राति नै जिल्ला अस्पताल गौर पठाइएको र घटनाको विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

 

 

 

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?