शिवराज ढुङ्गाना
अछाम, भदौ ४ गते । कोरोना सङ्क्रणको आशङ्कामा थ्रोट स्वाब परीक्षण गरिएका दुई स्थानीय तहका ३० जनामा बिहीबार कोरोमा पुष्टि भएको छ । डडेल्धुरा अस्पतलामा पीसीआर परीक्षणको क्रममा अछामको साँफेबगर नगरपालिकाका १५ र मेल्लेख गाउँपालिकाका १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालय, अछामका अनुसार मेल्लेख गाउँपालिका–६ षोडशादेवीमा सात जना र वडा नम्बर ७ नन्देगडामा आठ जनामा कोरोना पुष्टि भएको छ । यस्तै साँफेबगर नगरपालिका–४ मष्टामाण्डौमा नौ जना, वडा नम्बर ५ मा दुई जना, वडा नम्बर ७ रिडिकोटमा चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएकाे कार्यालयका सूचना अधिकारी देव जोशीले जानकारी दिनुभयो । कोरोना सङ्क्रमित हुनेमा ११ महिला र १९ पुरुष रहेका छन् । सङ्क्रमित हुनेमा एक वर्षीय बालकदेखि ६२ वर्षीय पुरुष छन् ।
अछाममा हालसम्म कोरोना सङ्क्रमण पुष्टि हुनेमा ७५८ जना पुगेको छ । साँफेबगर नगरपालिका १८१ जना, रामारोशन गाउँपालिकामा १२० जना, मेल्लेख गाउँपालिकामा १३५ जना, मङ्गलसेन नगरपालिकामा ७७जनामा कोरोमा पुष्टि भएको सूचना अधिकारी जोशीको भनाइ छ । यस्तै कमलबजार नगरपालिकामा २५ जना, चौरपाटीमा ५४ जना, ढकारी गाउँपालिकामा २९ जना, तुर्माखाँद गाउँपालिकामा २३ जना, पञ्चदेवलविनायक नगरपालिकामा ५० जना, बान्नीगढी जयगढ गाउँपालिकामा ५४ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ ।
कोरोना सङ्क्रमण पुष्टि भएर जिल्लाका १० वटै स्थानीय तहका ७०५ जना कोरोना जितेर घर फर्किसकेका छन् । चौरपाटी गाउँपालिका, रामारोशन गाउँपालिका र बान्नीगढी जयगढ गाउँपालिका एक/एकजना उपचारका मृत्युपछि कोरोना पुष्टि भएको छ । बुधबार बेलुकासम्म छ हजार ५४ जनाको थ्रोट स्वाब सङ्कलन गरिएको कार्यालयको तथ्याङ्क छ ।