सुजल श्रेष्ठ
प्यूठान, भदौ ५ गते । प्यूठानमा कोभिड–१९ का कारण एक व्यक्तिको मृत्यु भएको छ । स्वर्गद्वारी नगरपालिका–७ सोत्रे निवासी ६५ वर्षीय पुरुषको कोभिड अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । कोभिड हस्पिटल बुटवलमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीले जानकारी दिनुभयो ।
भारतबाट आएर क्वारेन्टाइनमा बसेका उक्त व्यक्तिको स्वाब साउन २६ गते लिइएको थियो । साउन ३२ गते पोजिटिभ रिपाेर्ट आएपछि उपचारका लागि बुटवल रिफर गरिएको स्वर्गद्धारी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दलबहादुर केसीले बताउनुभयो । मृत्यु भएको व्यक्तिलाई दमको समस्या रहेको उहाँले जानकारी दिनुभयो । प्यूठानमा कोभिड–१९ बाट मृत्यु भएको यो पहिलो घटना हो ।