logo
२०८१ मंसिर १२ बुधवार



नेपालका अस्पतालमा आइसीयू र भेन्टिलेटर अभाव हुँदै

स्वास्थ्य |


नेपालका अस्पतालमा आइसीयू र भेन्टिलेटर अभाव हुँदै
आइसीयू र भेन्टिलेटर अभावमा गजेन्द्र नारायण सिंह अस्पताल । तस्बिर - धीरेन्द्रप्रसाद साह 



धीरेन्द्रप्रसाद साह
राजविराज, भदौ ५ गते । राजविराजस्थित अस्पतालमा आइसीयू र भेन्टिलेटर नहुँदा कोरोना सङ्क्रमित बिरामीको उपचार प्रभावित बनेको छ । त्यहाँ आइसीयू सुविधा र भेन्टिलेटर नुहँदा कोभिड–१९ सङ्क्रमित जटिल प्रकृतिका बिरामीको यहाँबाट रेफर गर्न थालेको छ ।

आइसीयू र भेन्टिलेट अभावले शुक्रबार नै केही बिरामीलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको छ । राजविराजस्थित आइसोलेसनमा उपचाररत एक बिरामी रेफर भएको बताइएको छ ।

यसअघि पनि सङ्क्रमित बिरामीहरुको रेफर गरिएको थियो । रेफर गरिएकामध्ये दुई जना सङ्क्रमित बिरामीको मृत्यु भइसकेको छ भने एक जनाको अस्पताल ल्याउँदै एम्बुलेन्समा मृत्यु भएको थियो । अर्को एक जनाले यहाँ आवश्यक पर्न सकिने आइसीयू र भेन्टिलेटर सुविधा नदेख्दा सीधै उपचारको लागि पुगेको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो । जिल्लामा चार जना सङ्क्रमित बिरामीको हालसम्म मृत्यु भइसकेको छ ।

लक्षणसहितको कोरोना सङ्क्रमितको बिरामी उपचारको लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल पुगेपछि श्वासप्रश्वासमा समस्या आउनेबित्तिकै धरान वा विराटनगर रेफर गरिहाल्ने सो अस्पतालका एक चिकित्सकले भन्नुभयो, आइसीयू र भेन्टिलेटर अभावले जटिल समस्या आउनुभन्दा पहिले नै बाहिर पठाउनुपर्ने बाध्यता भएको छ ।

गत साउन १ गते मृतक सङ्क्रमित ७३ वर्षीय व्यापारीले यहाँको अस्पतालमा सुविधा नदेखिएपछि राजविराजमा भर्ना नभई सीधै विराटनगर हुँदै धरान पुगेको थियो । त्यस्तै साउन २१ गते राति रुपनी गाउँपालिका ५ गढिया धुरगामका ४५ वर्षीय पुरुषको श्वासप्रश्वासमा समस्या भएपछि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएको थियो । आइसीयू र भेन्टिलेटर नुहँदा अवस्था गम्भीर बन्दै जाँदा थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएको थियो । त्यहाँ अस्पतालको गेट पुग्दै मृत्यु भएको थियो ।

त्यसैगरी साउन २८ गते जिल्लाको डाकनेश्वरी नगरपालिका-८, भLमपुर स्थायी घर भई राजविराज नगरपालिका वार्ड नम्बर ६ सिरहारोड बसोबास गर्दै आएका ७२ वर्षीय वृद्धको पनि जटिल अवस्थामा उपचार नपाएर मृत्यु भएको छ । पछिल्लो पटक भदौ २ गते मृत्यु भएका राजविराज वडा नं. ४ का २८ वर्षीय युवक पनि श्वासप्रश्वासको समस्या भएर छिन्नमस्ता अस्पतfल पुगेका थिए । अवस्था गम्भीर रहेको भन्दै सो अस्पतालले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा रेफर गरेको थियो । त्यहाँ पुगेको केही क्षणमै सोही दिन दिउँसो मृत्यु भएको थियो । कोरोना सङ्क्रमित चारै जनालाई आइसीयू र भेन्टिलेटरको आवश्यकता देखिएको थियो । तर, उक्त सुविधा नहुँदा ज्यान गुमाउनु परेको स्वास्थ्यकर्मीहरूले स्पष्ट पार्नुभएको छ ।

स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले भन्नुभयाे, 'यस्तो अवस्थाका बिरामीलाई आइसीयु वा भेन्टिलेटरमा राख्नुपर्ने थियो, तर अस्पतालमा सो सुविधा छैन ।' आइसीयू र भेन्टिलेटर सुविधा नहुँदा बिरामीलाई रेफर गर्नबाहेक अन्य विकल्प नभएको उहाँको कथन छ ।

सिकिस्त अवस्थामा अस्पताल पुगेका यस्तो बिरामीहरूलाई आइसीयू र भेन्टिलेटरको आवश्यक पर्ने अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रणजीतकुमार झाले बताउनुभयाे । 'भेन्टिलेटरमा राखेर उपचार गर्न सकिएको भए उनीहरू बाँच्थे हाेला । आइसीयू कक्ष नहुँदा अस्पतालमा चार वटा भेन्टिलेटर मेसिन भए पनि भौतिक पूर्वाधार र जनशक्ति अभावले सञ्चालनमा आएको छैन ।' उहाँले भन्नुभयाे । 

यता गत २ गते जिल्ला सङ्कट व्यवस्थापन केन्द्र सप्तरीको बैठकले निजी स्तरका छिन्नमस्ता अस्पतालमा कोभिड–१९ बिरामी उपचारको लागि आवश्यक खर्च, जनशक्तिको लागत अनुमान तयारी गरी प्रदेश सरकार र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई अनुरोध गर्ने जिम्मेवारी गजेन्द्र नारायण सिंह अस्पताललाई दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?