logo
२०८१ बैशाख १३ बिहीवार



पर्सामा थप ५४ जनामा सङ्क्रमण, चार दिनमा ३१६ नयाँ थपिए

फिचर |
प्रदेश |


पर्सामा थप ५४ जनामा सङ्क्रमण, चार दिनमा ३१६ नयाँ थपिए


दिपकप्रसाद गौतम
वीरगञ्ज, भदौ ६ गते । पर्सामा प्रहरी र स्वास्थ्यकर्मीसहित थप ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । वीरगञ्जको नारायणी अस्पतालमा रहेको प्रयोगशालामा शुक्रबार अबेर राति गरिएको ४५० वटा स्वाबको नमुना परीक्षणमा पर्साका थप ५४ जनामा सङ्क्रमण पुष्टि जिल्ला प्रशासन कार्यालय पर्सामा अधिकृत विनय श्रीवास्तवले पुष्टि गर्नुभयो । 

तीमध्ये सबैभन्दा बढी पर्सागढी नगरपालिकाका २५ जना, वीरगञ्ज महानगरपालिकाका विभिन्न वडाका १८ जना, पकाहामैनपुर गाउँपालिकामा दुई जना स्वास्थ्यकर्मीसहित तीन जना, ठोरी गाउँपालिका र पटेर्वासुगौली गाउँपालिकामा तीन/तीन जना र सखुवा प्रसौनी गाउँपालिकाका एक जना रहेका छन् । थपिएका सङ्क्रमितमा जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत एक प्रहरीमा पनि रहेका छन् । आज ५४ जना नयाँ सङ्क्रमित थपिएसँगै पर्सामा सङ्क्रमितको सङ्ख्या एक हजार ७९० पुगेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

सङ्क्रमितहरूसँग सम्बन्धित सूचनाहरू जिल्ला प्रशासन कार्यालयले विगत दुई दिनदेखि परीक्षण भएको करिब २४ घण्टापछि साँझ ५ बजे फेसबुक पेजमार्फत सार्वजनिक गर्दै आएको भएपनि आज शनिबार भने पौने १ बजे सार्वजनिक गरेको थियो । सूचना एकद्वार नीतिको नाममा जिल्ला प्रशासन कार्यालयले मात्र दिन थालेपछि चहिएको सूचना समयमा पाउन नसकिएको गुनासो सञ्चारकर्मीहरूको रहेको छ ।

पर्सामा पछिल्लो चार दिनमा ३१६ सङ्क्रमित थपिए
पर्सा जिल्लामा यही भाद्र ३ गतेदेखि आज ६ गते मध्यान्हसम्म ३१६ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । भाद्र ३ गते ९७ पुरुषसहित १३२ जना, भाद्र ४ गते ४५ जना पुरुषसहित ५५ जना, भाद्र ५ गते ५१ जना पुरुषसहित ७५ जना र भाद्र ६ गते ४७ जना पुरुषसहित ५४ जना गरी पछिल्लो चार दिनमा ३१६ नयाँ सङ्क्रमित थपिएका हुन् । यस अवधिमा उपचाररत २२ सङ्क्रमितहरू कोरोनामुक्त भई डिस्चार्ज भएका छन् ।

पर्सामा पछिल्लो चार दिनमा पाँच सङ्क्रमित मृत्यु
पर्सा जिल्लामा यही भाद्र ३ गतेदेखि आज ६ गते मध्यान्हसम्म पाँच जना सङ्क्रमितहरूको कोरोना सङ्क्रमणको कारण मृत्यु भएको छ । भाद्र ३ गते दिउँसो सवा ४ बजे एक जना, भाद्र ४ गते बेलुकी पौने ७ बजे एक जना र भाद्र ५ गते दिउसो १ बजे तथा राति ८ बजे गरी दुई जना सङ्क्रमित र भाद्र ६ गते बिहान ७ बजे एक जना सङ्क्रमितको मृत्यु भएको थियाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?