logo
२०८२ भाद्र २४ मंगलवार



उपत्यकामा खाद्यन्न, तरकारी पसल बिहान ९ः१५ बजेसम्म मात्र खोल्न पाइने

फिचर |


उपत्यकामा खाद्यन्न, तरकारी पसल बिहान ९ः१५  बजेसम्म मात्र खोल्न पाइने


मुकुन्द गैरे
काठमाडौँ, भदौ, ७ गते । अबदेखि काठमाडौँ, ललितपुर, भक्तपुरमा खाद्यन्न तथा तरकारी, फलफूल पसल बिहान ९ः१५ बजेसम्म खोल्न पाइने भएको छ । काठमाडौँसहित तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो ।
बिहान चाँडै पसल बन्द भएपछि सामान किन्न पाइएन भन्ने जनगुनासो आएपछि ९ः१५ बजेसम्म खोल्न दिने निर्णय गरेको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

खाद्यन्न, तरकारी, फलफूल, माछामासु पसल बिहान मात्र खोल्न पाइने छ । स्वास्थ्य सामग्री, औषधि, पानी बिक्री वितरण गर्ने पसल भने जुन बेला पनि खुल्न पाउने प्रमुख जिल्ला अधिकारी दाहालले बताउनुभयो ।

उपत्यकामा काेराेना सङ्क्रमण बढेसँगै उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले भदाै ३ गतेबाट उपत्यकाका तीनवटै जिल्लाभर निषेधाज्ञा जारी गरेकाे थियाे । साे क्रममा बिहान ७ः बजेसम्म मात्र पसल खाेल्न दिइने गरेकाे थियाे । 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?