दिपकप्रसाद गौतम
वीरगञ्ज, भदौ ७ गते । वीरगञ्जको नारायणी अस्पतालमा उपचारको क्रममा आइतबार बिहान साढे ११ बजे मृत्यु भएकी एक ७० वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
पर्साको बिन्दाबासिनी गाउँपालिका वडा नं. ३ ईटियाहीकी तीन महिलाको शनिबार सङ्कलन गरिएको स्वाबको आइतबार आएको पीसीआर परीक्षण रिपाेर्टमा कोरोना सङ्क्रमण देखिएको अस्पतालका सूचना अधिकारी डा. अतुलेश चौरसियाले जानकारी दिनुभयो ।
क्षयरोगको बिरामी रहेकी ती महिलालाई श्वासप्रश्वासमा समस्या आएपछि साउन ६ गते शनिबार वीरगञ्जको नारायणी अस्पतालमा भर्ना गरी उपचार शुरु गरिएको थियो ।
मृत्युपश्चात सङ्क्रमण पुष्टि भएकी यी महिलाको मृत्युसँगै वीरगञ्जमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको छ । साउन यतामा मात्रै मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको छ ।