logo
२०८२ भाद्र २४ मंगलवार



ढोरपाटनमा पहिरोले घर भत्किँदा एक युवतीको मृत्यु

फिचर |


ढोरपाटनमा पहिरोले घर भत्किँदा एक युवतीको मृत्यु


नवीन शिशिर विक
बागलुङ, भदौ ९ गते । बागलुङको ढोरपाटन नगरपालिका–२, अर्नाकमा मङ्गलबार बिहान गएको पहिरोले घर पुरिँदा एक युवतीको मृत्यु भएको छ । अविरल वर्षासँगै घरमाथिबाट आएको पहिरोले स्थानीय प्रकाश परियारको घर माटोको डिस्कोले पुर्दा १९ वर्षीय युवती पूजा परियारको ज्यान गएको हो । घरमै सुतेकी पूजा पहिरोले च्यापिएपछि मृत अवस्थामा भेटिएको वडाध्यक्ष युवराज महतले जानकारी दिनुभयो ।
परियार पुरिएको ठाउँबाट स्थानीयले शव निकालेका छन् । घरदेखि करिब दश मिटरमाथिबाट खसेको माटोको डिस्कोले घरको पछाडिको भाग भत्किएको छ । मृतक परियारको आमा, बहिनी र दुई भाइ अर्काे घरमा सुतेको हुँदा उनीहरू सुरक्षित रहेका छन् ।
परियार सोमबार रातिको खाना खाएर सुत्नको लागि उक्त घरमा जानुभएको थियो । मृतकका बाबु प्रकाश परियार वैदेशिक रोजगारीको सिलसिलामा कतार रहनुभएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?