logo
२०८२ भाद्र २४ मंगलवार



भैरहवामा कोरोना सङ्क्रमितको मृत्यु

फिचर |


भैरहवामा कोरोना सङ्क्रमितको मृत्यु


लक्ष्मण पौडेल
भैरहवा, भदौ ९ गते । भीम अस्पताल भैरहवामा उपचाररत एकजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । रुपन्देहीको गैंडहवा गाउँपालिका वडा नम्बर ३ निवासी ५० वर्षीय पुरुषको सोमबार राति ११ बजे मृत्यु भएको अस्पतालका कोभिड–१९ फोकल फोकल पर्सन डा. सुमित प्रजापतिले जानकारी दिनुभयो । उहाँलाई आइतबार अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्य बिग्रिँदै गएपछि उपचारकै क्रममा उहाँको मृत्यु भएको अस्पतालले जनाएको छ ।
डा. प्रजापतिका अनुसार भवन निर्माणको क्रममा लडेर घाइते भएका ती पुरुषको टाउकोमा गम्भीर चोट लागेको थियो । भैरहवा मेडिकल कलेजमा उपचाररत ती व्यक्तिमा भदौ ५ गते कोरोना सङ्क्रमण देखिएपछि सोमबार कोभिड विशेष अस्पतालको रुपमा रहेको भीम अस्पतालमा रिफर गरिएको थियो । भीम अस्पतालमा उपचार गर्दागर्दै कोरोना सङ्क्रमितको मृत्यु भएको यो पहिलो हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?