logo
२०८१ माघ २२ मंगलवार



कोरोनामा ट्राफिक सजगताः नमस्कारपछि मात्र कारबाही !

फिचर |
पढ्नै पर्ने |


कोरोनामा ट्राफिक सजगताः नमस्कारपछि मात्र कारबाही !


नवीन शिशिर विक

बागलुङ, भदौ १४ गते । कोरोना सङ्क्रमणको जोखिम भए पनि कर्तव्य पालनको लागि ट्राफिक प्रहरीले सङ्कटमा सतर्कता अपनाउँदै सवारी चेकजाँचमा नयाँ अभ्यासको सुरुवात गरेको छ ।

ट्राफिक प्रहरीले पहिलो पटक सवारी रोकिसकेपछि अनिवार्य सवारी चालकलाई 'नमस्कार सर, म्याडम' भनी सम्बोधनपश्चात मात्र अन्य कारबाही अगाडि बढाउने अभ्यासको सुरुवात गरेको हो ।

बागलुङ बजारको समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएपछि भदौ तीन गतेदेखि निषेधाज्ञा जारी छ । सङ्क्रमण रोकथाम तथा कन्ट्याक्ट टेसिङलाई सहज बनाउन अत्यावश्यकबाहेकका सवारी सञ्चालनमा निषेध गरिएको छ ।
समुदायमा सङ्क्रमण जोखिम बढेपछि अनावश्यक हिँड्डुललाई पनि निषेध गरिएको छ । तर पनि बजार क्षेत्रमा पैदल तथा सवारी साधनमा हिँड्डुन गर्ने क्रम रोकिएको छैन ।

प्रशासनले सवारी सञ्चालनमा कडाइ गर्ने बताएपछि त्यसको कार्यान्वयन निकाय ट्राफिक प्रहरीलाई सवारी तथा चालक नियन्त्रण र कारबाही चुनौतीपूर्ण तथा सङ्क्रमणको जोखिम बढी छ ।

ट्राफिक प्रहरी र सवारी चालकबीचको सम्बन्ध सुमधुर बनाउनुका साथै जोखिम न्यूनीकरणको लागि नयाँ अभ्यास उपयोगी हुने ट्राफिक प्रमुख शिवप्रसाद पाठकले जानकारी दिनुभयो ।

ट्राफिक प्रहरीको कार्यलयमातहत सम्पूर्ण प्रहरी कर्मचारीले सवारी रोकिसकेपछि अनिवार्य सवारी चालकलाई 'नमस्कार सर म्याडम' भनी सम्बोधनपश्चात मात्र अन्य कारबाही अगाडी बढाउने र सवारी चालक रिसाए पनि कर्मचारी नरिसाउने अभ्यास सुरु गरेको उहाँले बताउनुभयो ।

‘सङ्क्रमणको जोखिममा पनि कर्तव्य पालनालाई व्यावसायिक र सुरक्षित बनाउनुपर्ने देखिएको छ’ ट्राफिक प्रमुख पाठकले भन्नुभयो, ‘अरुलाई सत्कार र सम्मान गरे हाम्रो पेसागत मर्यादा र सम्मान पनि बढ्ने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?