logo
२०८१ बैशाख १३ बिहीवार



पर्सामा थप ३२ जना कोरोना सङ्क्रमण पुष्टि

फिचर |
प्रदेश |


पर्सामा थप ३२ जना कोरोना सङ्क्रमण पुष्टि


दिपकप्रसाद गौतम
वीरगञ्ज, भदौ १५ गते । पर्सामा थप ३२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा आइतबार गरिएको परीक्षणको राति अबेर आएको रिपाेर्टमा पर्साका थप ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता एवम् सूचना अधिकारी डा. अतुलेश चौरसियाले जानकारी दिनुभयो ।
डा. चौरसियाका अनुसार आइतबार गरिएको ४३६ जनाको स्वाब परीक्षणमा पर्साका ३२ जना, बाराका चार जना, सर्लाहीका एक जना र ठेगाना उल्लेख नगरिएका एक जना गरी ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
पर्सामा थपिएका ३२ जनामध्ये वीरगञ्ज महानगरपालिकाका २३ जना, कालिकामाई गाउँपालिकाका नाै जना रहेका छन् । वीरगञ्ज महानगरपालिको वडा नम्बर १ र ४ का चार/चार जना, वडा नम्बर २ र ११ का तीन-तीन जना, वडा नम्बर १२ र २० का दुई /दुई जना, वडा नम्बर ३, ५ , ६ ,१३ र १५ का एक-एक जना रहेका छन् ।
नयाँ थपिएका बारा जिल्लाका चार जना सङ्क्रमितमा कोल्भी नगरपालिकाका तीन जना र महागढीमाईका एक जना, सर्लाहीको रामनगर गाउँपालिकाकाको एक जना रहेको  डा. चौरसियाले जानकारी दिनुभयो ।
शनिबार थपिएका ४७ जना सङ्क्रमितसहित पर्सामा कुल सङ्क्रमितको सङ्ख्या दुई हजार १९२ पुगेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?