logo
२०८० चैत्र १६ शुक्रवार



बुटवलमा ११ जना प्रहरीमा कोरोना सङ्क्रमण

फिचर |
प्रदेश |


बुटवलमा ११ जना प्रहरीमा कोरोना सङ्क्रमण


दीपक ज्ञवाली
बुटवल, भदौ १६ गते । अघिल्लो साता १३ जना थुनुवामा सङ्क्रमण देखिएको ईलाका प्रहरी कार्यालय बुटवलमा ११ जना प्रहरीमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो परिक्षण नतिजामा ११ जनामा कोरोना पुष्टि भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता खड्गबहादुर खत्रीले पुष्टि गर्नुभयो ।
सङ्क्रमित प्रहरीहरूलाई बुटवलस्थित एन्फा एकेडेमीको आइसोलेसन केन्द्रमा राखिएको छ ।  यसअघि अघिल्लो साता १३ जना थुनुवामा सङ्क्रमण पुष्टि भएको थियो । त्यसलगत्तै कन्ट्याक्ट ट्रेसिङका आधारमा १९ प्रहरीको पीसीआर परीक्षण गरिएको थियो । तीमध्ये ११ जनामा सङ्क्रमण पुष्टि भएको हो । यसअघि सङ्क्रमण पुष्टि भएका थुनुवाहरूको पनि आइसोलेसनमा उपचार भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?