गोरखापत्र अनलाइन
काठमाडौँ, भदौ १६ गते । केन्द्रीय कारागार सुन्धारामा एक जना कैदीको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।
केन्द्रीय कारागारमा रहेका ४० वर्षीय पुरुषको हिजो बेलुका मृत्यु भएको कारागार व्यवस्थापन विभागका महानिर्देशक द्रोण पोखरेलले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।
उनी आफ्नो परिवारको ज्यान मारेको अभियोगमा जेल चलान भएका थिए । ललितपुरमा स्थित मेगा हस्पिटलमा उपचारको क्रममा हिजो बेलुका उनको मृत्यु भएको महानिर्देशक पोखरेलले जानकारी दिनुभयो ।
पोखरेलका अनुसार भदौ १० गते कोरोना भाइरस सङ्क्रमण परीक्षणका लागि उनको स्वाब सङ्कलन गरेकोमा १४ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।