गोरखापत्र अनलाइन
काठमाडौँ, भदौ १७ गते । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि देशभर लागू गरिएको बन्दाबन्दीको पाँच महिनापछि नियमित अन्तर्राष्ट्रिय उडान सुचारु भएको छ ।
सरकारले बन्दाबन्दीको पाँच महिनापछि अर्थात हिजो भदौ १६ देखि निश्चित शर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेको थियो । मङ्गलबार राति १ः०० बजे नेपाल वायु सेवा निगमको वाइडबडी जहाज जापानको नारिता उडेसँगै रोकिएको नियमित उडान सुरु भएको हो ।
गोरखापत्रका फोटो पत्रकार विकास द्वारेले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु भएपछिको देखिएका दृश्य क्यारामा कैद गरेका केही तस्बिर हेर्नुहोस्ः