logo
२०८१ चैत्र ६ बिहीवार



बीपी प्रतिष्ठानमा उपचाररत सप्तरीका दुई सङ्क्रमित पुरुषको मृत्यु

फिचर |
प्रदेश |


बीपी प्रतिष्ठानमा उपचाररत सप्तरीका दुई सङ्क्रमित पुरुषको मृत्यु


विराटनगर, भदाै १८ गते ।  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराइरहनुभएका दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुने दुवै जना सप्तरीका हुनुहुन्छ । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार राजविराज–७ का ५५ वर्षीय पुरुषको बिहीबार दिउँसो १ः१५ बजे र ५० वर्षीय पुरुषको दिउँसो २ः२ मिनेटमा मृत्यु भएको हो ।
छिन्नमस्ता अस्पतालबाट रिफर भई भदौ ४ गते बीपीमा भर्ना हुनुभएका ५५ वर्षीय पुरुषमा भदौ ७ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । रक्तअल्पता र मधुमेहको समस्याबाट ग्रसित पुरुषलाई भदौ ८ गतेदेखि आइसीयूमा राखेर उपचार गरिएको थियो ।
यसैगरी राजविराज–७ कै ५० वर्षीय अर्का पुरुषलाई श्वासप्रश्वास लगायतको समस्या देखिएपछि बिहीबार  प्रतिष्ठानकाे आकस्मिक कक्षमा भर्ना गरिएको थियो । स्वाब सङ्कलन गरी परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको हो । दिउँसो १ः२० मा भर्ना गरिएकाे ४२ मिनेटपछि उहाँकाे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता सापकोटाले जानकारी दिनुभयो ।
मृतक दुवै जनाको शव व्यस्थापन नियमानुसार हुने तयारी भइरहेको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?