गोरखापत्र अनलाइन
काठमाडौँ, भदौ १९ गते । ललितपुरको पुल्चोकमा कर्फ्युकाबीच रातो मछिन्द्रनाथको क्षमा पूजा गरिएको छ । वैशाख महिनाको शुक्ल पक्ष प्रतिपदादेखि असार शुक्ल चौथीसम्म करिब दुई महिना मनाइने उपत्यकाकै लामो जात्रा यो वर्ष कोरोना संक्रमणका कारण पटक पटक रथारोहणको प्रयास भए पनि स्थगित हुँदै आएको छ ।
बिहिबार रातो मच्छिन्द्रनाथ (करुणामय) को रथ तान्ने विषयमा प्रहरी र स्थानीयबीच झडप हुँदा एकजना प्रहरी र एक स्थानीयवासी घाइते भएका थिए । जिल्ला प्रशासन कार्यालय, ललितपुरले चक्रपथ क्षेत्रभित्र शुक्रबार बिहान ४ बजेदेखि राति १० बजेसम्म गरेको कर्फ्यु आदेश जारी छ ।
गोरखापत्रका फोटो पत्रकार विकास द्वारेले खिचेको क्षमा पूजा र ललितपुरका केही दृश्य तस्बिरमाः