logo
२०८१ चैत्र १४ शुक्रवार



नवलपुरमा कोरोना संक्रमणका कारण आज एकको ज्यान गयो

फिचर |
प्रदेश |


नवलपुरमा कोरोना संक्रमणका कारण आज एकको ज्यान गयो


होमराज रानाभाट
गैंडाकोट, भदौ २३ गते । नवलपुर, देबचुली नगरपालिका वडा नं १ का एक पुरुषको कोरोना संक्रमणका कारण ज्यान गएको छ । चितवनको भरतपुर अस्पतालमा उपचार गराईरहेका नवलपुर देबचुली नगरपालिका वडा नं १ का ६४ वर्षीय पुरुषको आज साँझ ६ बजे भरतपुर अस्पतालमा निधन भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशबप्रसाद चापागाईँले बताउनुभयो ।

देबचुली नगरपालिका वडा नं १ का ती पुरुष गत भदौ १७ गते भरतपुर अस्पतालमा उपचारका लागि भर्ना भएकोमा १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । मृगौला, निमोनियाजस्ता दीर्घरोगीबाट पीडित पुरुषको उपचारका क्रममा निधन भएको भरतपुर अस्पतालले प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?