logo
२०८१ चैत्र १८ मंगलवार



पत्रकार वीरेन्द्र साहका हत्यारा १२ वर्षपछि पक्राउ परे

फिचर |
प्रदेश |


पत्रकार वीरेन्द्र साहका हत्यारा १२ वर्षपछि पक्राउ परे


शिवशङ्कर मिश्र
बारा, भदौ २५ गते । बाराका पत्रकार वीरेन्द्र साहको हत्यामा संलग्न हरेराम पट्टेल १२ वर्षपछि पक्राउ परेका छन् । बाराको कोल्बी नगरपालिका वडा नं. ४ सफाइ टोलबाट निजलाई प्रहरी टोलीले आज दिउँसो ३ बजे पक्राउ गरेको हो । सो कुराको जानकारी जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक कृष्णप्रसाद पगेनीले दिनुभएको हो ।

२०६४ असोज १८ गते साबिक गाविस ढोढिया पिपरा बजारबाट तत्कालीन माओवादीले चारकोसे जङ्गलमा लगी गोली हानी पत्रकार साहको हत्या गरेका थिए । हत्या भएको ३४ दिनपछि पत्रकार साहको शव फेला परेको थियो ।
पत्रकारका वीरेन्द्र साहको हत्यारा चार जना यसअघि पक्राउ परको र अझै एक जना फरार रहेका छन् । यसअघि बार जिल्ला अदालतले पक्राउ परको दुई जनालाइ सर्वस्वसहित जन्मकैद गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?