रमा मिश्र
अजयप्रताप धेरै पढेलेखेका थिएनन् । नपढेर को भो, चाकडीले भनौँ वा भाग्यले उनी सरकारी सेवामा सुब्बा भएका थिए । उनको सुब्बा पदको रौनक घरमा मात्र होइन, छिमेकमा पनि पैmलिएको थियो । कार्यालय जाँदा र आउँदा छिमेकीले घरको बार्दली र भ्mयालबाट उनको सुब्बा पदको ठाँटबाँट राम्रैसँग चाल पाउँथे । इष्टमित्र र नातेदारकहाँ त उनको पौरखको बयान गरिसाध्य थिएन ।
उनलाई समाजसेवामा पनि धेरै रुचि थियो । जसरी पनि दाता वा समाजसेवी भनेर चिनिन पायो हुन्थ्यो भन्ने रहर उनको मनको कुनामा टाँसिएको थियो । कसैलाई सानो सहयोग गरे भने सबैलाई भन्दै हिँड्थे । अवकाशपछि उनको कुनै काम थिएन । उनी विवाहित त हुन् तर सन्तान थिएनन् ।
एकदिन एउटा महायज्ञ आयोजक समितिले जसले बढी रकम अथवा दान दिन सक्छ, उसलाई भव्यताका साथ सम्मान गरेर नगरपरिक्रमा गराइनेछ भनेर घोषणा ग¥यो । अजयप्रतापले विचार गरे कि बुढेसकाल भइहाल्यो । अब कति बाँचिन्छ र ! आफूलाई चाहिने सम्पत्ति राखेर सबै दान दिनुप¥यो । यो कुरो श्रीमतीसँग पनि सल्लाह गरेर उनले जग्गा र पैसा दान दिएको घोषणा गरे । घोषणापछि महायज्ञ आयोजक समितिले अजयप्रतप र उनकी श्रीमतीलाई फूलमाला पहि¥याएर अबिर जात्रा गर्दै नगर परिक्रमा गरायो । दान दिन र सम्मान पाउँदा अजयप्रताप र उनकी श्रीमतीको खुसीको सीमा नै रहेन ।
अनलाइन मिडियाले क्षणभरमै यो समाचार विश्वमा पु¥याए । भोलिपल्ट अखबारका पानामा पनि छापिए । दानवीर अजयप्रताप भनेर उनी चिनिए । जीवनको सबैभन्दा ठूलो धोको उनले पूरा गरे तर आयोजक संस्था त्यतिखेर जिल्ल प¥यो, जतिखेर सरकारी स्वामित्वको जग्गा र पैसा नभएको खाताको चेक अजयप्रतापले दान गरेका रहेछन् ।