logo
२०८१ मंसिर १४ शुक्रवार



पूर्वी नवलपरासीमा संक्रमित संख्या ६६८ पुग्यो, शनिबा ५० जना थपिए

फिचर |
प्रदेश |


पूर्वी नवलपरासीमा संक्रमित संख्या ६६८ पुग्यो, शनिबा ५० जना थपिए


 

होमराज रानाभाट
कावासोती, भदौ २७ गते । पूर्वी नवलपरासीमा दिनप्रतिदिन कोरोनाका संक्रमितहरु थपिदैँ गएका छन् । शनिबार मात्र ५० जना नयाँ संक्रमित थपिएपछि संक्रमितको संख्या ६६८ पुगेको छ । जिल्लामा अहिले चार सय निको भएका छन् भने सकृय संक्रमित २६५ आईसोलेशनमा उपचारथ रहेका छन् । यहाँ तीन जनाको ज्यान गएको छ ।

आज पोखरामा गरिएको दुई वटा बेग्ला बेग्लै परीक्षणमा ४२ र भरतपुरमा गरिएको परीक्षणमा आठ जना गरी ५० जनामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशब प्रसाद चापागााईंले बताउनुभयो ।

देबचुली नगरपालिकाका छ जना कर्मचारी, एक पुरुष मलेसिया र एक महिला दुबईबाट गरी दुई जना र समुदायका २६ जना गरि ३४ जनामा कोरोना संक्रमण देखिएको प्रमुख चापागाईंले बताउनुभयो । थपिनेमा देबचुली १,४,७,८,९,१०,११,१२ र १४ वडाका पाँच महिला र २९ पुरुष रहेका छन् ।

यस्तै, गैंडाकोट नगरपालिका ४,७ ,१०, ११ र १७ को तीन महिला, तीन पुरुष गरी छ जना मध्यबिन्दु नगरपालिकाको एक पुरुष र हुप्सेकोट गाउँपालिकाको एक महिला र बिनयी बित्रेणी गाउँपालिका ५, ६ र ७ का आठ जना गरी ५० जनामा कोरोना संक्रमण पुष्टि भएको जिलला स्वास्थ्य कार्यालयका प्रमुख केशबप्रसाद चापागाईंले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?