logo
२०८१ मंसिर १४ शुक्रवार



कल्याणदहमा पुल निर्माण भएपछि स्थानीय हर्षित

फिचर |
प्रदेश |


कल्याणदहमा पुल निर्माण भएपछि स्थानीय हर्षित
सखुवानन्कारकटि १ मौवाहीको कल्याणदह नदीमा निर्माण भएको पुल तस्बिरः जिवछ यादव, लहान



जिवछ यादव
लहान, भदौ २७ गते । सखुवानन्कारकटि गाउँपालिका १ कल्याणदहमा पुल निर्माण कार्य सम्पन्न भएको छ । पुल निर्माण भएपछि तयस भेगका स्थानीयहरु हर्षित देखिएका छन् । चार करोड ९२ लाखको लागतमा बाम्ती÷अजय जेभी लहान ६ ले पुल निर्माण सम्पन्न गरेको हो । गएको फागुनमा नै सम्पन्न हुनुपर्ने पुल बन्दाबन्दीको कारण निर्माण हुन चार महिना बढी समय लागेको थियो । २५ मिटर लम्बाई र साढे आठ मिटर चौडाइ रहेको पुल निर्माण भएपछि त्यस भेगका स्थानीयहरुलाई आवत जावतमा सहज भएको छ ।

निर्माण भएको पुलले १८ किलोमिटर घुमेर गाउँपालिका आउनुपर्ने बाध्यताको अन्त्य भएको स्थानीय हरि यादवले भन्नुभयो । मैवाही १ का अर्का स्थानीय गेनालाल यादवले भन्नुभयो, कल्याणदहमा पुल निर्माण हुने विश्वास थिएन । हरेक संसदीय चुनावमा मत माग्न आउने उम्मेदवारहरुले पुल निर्माण गर्ने प्रतिवद्धता गर्थे तर चुनाव जितेर गएपछि पुल निर्माण हुँदैन थियो । तर यस पटक गाउँपालिकाका अध्यक्ष केदारनाथ यादवले यस गाँउपालिकाको विकटमा रहेको मौवाहीको कल्याणदहमा पुल निर्माण, पक्की सडक र माध्यामिक विद्यालय संचालन गर्ने सबै प्रतिवद्धता पूरा गर्नुभयो ।

कल्याणदहमा पुल नहुँदा वर्षाको समयमा लहान बजार भएर सखुवानन्कारकटि गाँउपालिका जान १८ किलोमिटर घुमेर जानु पर्दथ्यो । अब पुल निर्माण भएपछि गाँउपालिका चार किलोमिटरको बाटो भयो मावि मौवाहीको शिक्षक राम खेलौन यादवले भन्दै पुल निर्माण भएपछि लक्ष्मीपुर पतारी गाँउपालिकाको लागि समेत सहज भएको बताउनुभयो । अध्यक्ष केदारनाथ यादवका अनुसार आफूले चुनावमा गरेको हरेक प्रतिवद्धतालाई पूरा गर्नेगरी कोरोना महामारीको समयमा पनि विकास निर्माणको कार्यलाई प्राथमिकता दिएर अघि बढिरहेका थियौं ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?