दीपक ज्ञवाली
बुटवल, असोज ३ गते । कोरोना विशेष अस्पताल बुटवलमा शनिबार थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
बुटवल उपमहानगरपालिका १० का ६९ वर्षीय पुरुषको विहान एक बजे मृत्यु भएको हो ।
अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार कोरोना पुष्टि भएपछि उहाँ गत भदौ २२ गते अस्पताल भर्ना हुनुभएको थियो ।
उहाँमा निमोनियाको समस्या पनि देखिएको थियो ।